रुसी हमलाबाट ७० युक्रेनी सैनिकको मृत्यु

२०७८ फाल्गुण १७ मंगलबार ११:३७:०० मा प्रकाशित

रुसी सेनाको आक्रमणमा परी पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा आइतबार झन्डै ७० युक्रेनी सैनिकको ज्यान गएको छ । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ ।

उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन् । उनका अनुसार डहरमा धेरै रुसीका शवहरू पनि देखिएको छ । यसको स्वतन्त्र पुष्टि हुन चाहिँ बाँकी छ।

 

ताजा खबर