मास्डरकार्डद्वारा रुसबाट हुने कारोबार बन्द

२०७८ फाल्गुण १७ मंगलबार ११:३४:०० मा प्रकाशित

रुसमाथि पश्चिमा प्रतिबन्धका कारण मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरेको जनाएको छ । संयुक्त अमेरिका, युरोपेली सङ्घ, बेलायत र क्यानडाले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा पछिल्लो विवरण आएको हो ।

युक्रेनमाथि रुसी आक्रमणलाई लिएर पश्चिमा देशहरूले गरेका प्रतिबन्धको असर देखिन थालेका विवरण आइरहेका छन् । पश्चिमा प्रतिबन्धका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसी राष्ट्रपतिले आफ्ना नागरिकलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन् ।


 

ताजा खबर