माओवादीको सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

२०७८ फाल्गुण १७ मंगलबार ०९:१६:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए भने उनका प्रतिद्वन्दी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाएका छन् । प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् ।

सचिवमा जनक बुढा (बझाङ), सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा) विजयी भएका छन् ।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मङ्सिरमा अध्यक्ष पदका आकांक्षी धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ सदस्यमात्रै छनोट गरेको थियो । सोमबार साँझ निर्वाचन प्रक्रियामार्फत प्रदेश समितिका पदाधिकारी चयन भएका हुन् ।

ताजा खबर