थप १८० जनामा कोरोना संक्रमण, एकको मृत्यु

२०७८ फाल्गुण १६ सोमबार १६:३५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६९८४ पुगेको छ । त्यस्तै ४०० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५६४१३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९३६ पुगेको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ८,२३५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
 

ताजा खबर