महाशिवरात्रिका दिन यस्तो छ काठमाडौंको ट्राफिक रुट

२०७८ फाल्गुण १६ सोमबार १३:०७:०० मा प्रकाशित

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका दिन काठमाडौंका विभिन्न रुटमा सवारीसाधन चलाउन रोक लगाएको छ । मंगलबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको चाप बढी हुने भएकाले सो क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको महाशाखाले जनाएको छ । यस्तै कतिपय ठाउँमा डाइभर्सन पनि गरिएको छ ।

महाशाखाका अनुसार पुरानो बानेश्वर, कालोपुल, रातोपुल, चावहिल, तीलगंगालगायतका क्षेत्रबाट गौशालातर्फ सवारीसाधन जान रोक लगाइएको छ ।

ताजा खबर