सुन तोलामा एकैदिन १६ सयले बढ्यो

२०७८ फाल्गुण १६ सोमबार ११:४०:०० मा प्रकाशित

काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ । सुन अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ ।

जसको मूल्य आइतबार प्रतितोला ९६ हजार १०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार ३४० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०७ डलर आसपास कारोबार भइरहेको छ ।

ताजा खबर