युक्रेनलाई दशौँ लाख बिटकोइन सहयोग

२०७८ फाल्गुण १६ सोमबार ०८:३१:०० मा प्रकाशित

क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन् । अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन् ।

अहिलेसम्म ४ हजार भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख अमेरिकी डलर बराबर बिटकोइन सहयोग दिएका छन् । धेरैले भने ९५ अमेरिकी डलर वरपर चन्दा दिएका छन् । शनिवार दिउँसो युक्रेन सरकारले अब क्रिप्टोकरेन्सी चन्दा लिन थालेको भन्दै सहयोग गर्न आग्रह गरेको थियो ।

ट्वीटरमा क्रिप्टोकरेन्सी ठेगाना राखिएको थियो जसमा आठ घण्टामा ५४ लाख अमेरिकी डलर बराबर रकम जम्मा भएको थियो । युक्रेनी डिजिटल मन्त्रालयले युक्रेनको सशस्त्र सेनालाई सघाउन सहयोग मागिएको बताए पनि त्यो पैसा कसरी खर्च हुन्छ भनेको छैन ।

ताजा खबर