एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

२०७८ फाल्गुण १५ आइतबार १८:१९:०० मा प्रकाशित

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक आजै साँझ ६ः३० बजे बस्नेछ ।

ताजा खबर