नेप्से झिनो अङ्कले ओरालो

२०७८ फाल्गुण १५ आइतबार १७:४२:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।

कूल २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर रु तीन अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० मा कारोबार भयो । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब ६७ करोड ८४ लाख २० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जलविद्युत् ३४.०३ र अन्य १५.१ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ ११.३३, व्यापार ७.३४, होटल तथा पर्यटन २.५८, विकास बैंक २४.९६, वित्त १०.३९, निर्जीवन बीमा ३२.९५, उत्पादन ७१.१६, लघुवित्त ३१.०६, जीवन बीमा ११६.०२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.१६ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ४४ लाख २४ हजार १४१ बराबरको कारोबार भयो ।

यस्तै, दूरसञ्चार कम्पनी १९ करोड ६ लाख २६ हजार १९७, नेशनल हाइड्रोपावर १४ करोड ४३ लाख ८१ हजार ७८५, नेपाल लाइफ इन्स्योरेन्स १३ करोड चार लाख चार हजार ७७९ र अरुण भ्याली हाइड्रोपावर कम्पनी १० करोड १९ लाख २८ हजार ४७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर ४.५३, सपोर्ट माइक्रोफाइनान्स ३.९६, युनिभर्सल पावर कम्पनी ३.०२, छ्याङदी हाइड्रापावर २.९७ र युनियन हाइड्रोपावर लगानीकर्ताले २.७० प्रतिशतले कमाए । हिमालयन जनरल इन्स्योरेन्स ४.५८, तेह्रथुम पावर कम्पनी ४.०२, सामलिङ पावर कम्पनी ३.६५, नारायणी डेभलपमेन्ट बैंक ३.१४ र शिवम सिमेन्टका लगानीकर्ताले ३.०५ प्रतिशतले गुमाए ।

ताजा खबर