१११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

२०७८ फाल्गुण १५ आइतबार १७:१८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६८६५ पुगेको छ । त्यस्तै ४१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५६४१३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९३५ पुगेको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ८,५१७ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर