सार्वभौम अधिकार खण्डित नहुने गरी मात्रै एमसीसी अघि बढाउनुपर्छः देव गुरुङ

२०७८ फाल्गुण १५ आइतबार १७:१३:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुने गरी मात्रै अघि बढाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै गुरुङले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमति गरेर मात्रै अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने,‘नेपालको सार्वभौम अधिकारलाई खण्डित नहुने गरेर, नेपालको संविधान खण्डित नहुने गरी, नेपालको राष्ट्रिय कानून खण्डित नहुने गरी, नेपालको संसद, अदालत, सुरक्षा निकायहरु कुनैपनि अंगलाई खण्डित नहुने गरी यो परियोजना विशुद्ध आर्थिक परियोजनामा मात्रै सीमित रहने प्रक्रिबाट लैजानुपर्ने हुन्छ । त्यो प्रक्रियाबाट जानसक्ने अवस्था भयो भने यसले सकारात्मक रुप दिन सक्छ ।’

ताजा खबर