एमसीसी प्रस्तावको विपक्षमा उभिन सांसदहरुलाई भीम रावलको आह्वान

२०७८ फाल्गुण १५ आइतबार १५:४०:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी संसदबाट अनुमोदन गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै यसलाई संसद्बाट पास गर्न नहुने बताएका छन् ।

राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्मा चलेको होहल्लाका बीच एमसीसी छलफलमा लैजान नहुने उनले बताएका छन् । उनले भने, ‘ यो देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्।’ उनले सांसदहरुलाई एमसीसी सम्झौताको विपक्षमा उभिनसमेत आह्वान गरेका छन् ।

ताजा खबर