पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ फाल्गुण १५ आइतबार १४:००:०० मा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध करिव साढे ४ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ४ करोड ४५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

श्रेष्ठ संविधान सभाको दोस्रो निर्वाचनका लागि बनेको गैर दलीय सरकारका मन्त्री थिए । २०२६ साल चैत १८ गते शिक्षक पेशाबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ पेशा परिवर्तन गरी २०३६ सालमा शाखा अधिकृत बन्दै २०६४ सालमा सचिवबाट अवकाश पाएका थिए । श्रेष्ठ त्यसपछि २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकूद मन्त्री बनेका थिए ।

सरकारी सेवा र मन्त्री बन्दाको अवधिमा कूल आर्जन ६ करोड ९० लाख १६ हजार ६ सय २७ गरेकोमा ४ करोड ४५ लाख २७ हजार ६६४ रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ ।

 

ताजा खबर