स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीद्वारा अंगदानको घोषणा

२०७८ फाल्गुण १५ आइतबार १३:०४:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । त्यस्तै मुख्यसचिव बैरागीले आफू अंगदान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए ।

मुख्यसचिव बैरागीले भने, ‘म अंगदान गर्ने घोषणा गर्न चाहन्छु । यसमा धेरै स्वेच्छिक धारणाहरु आउनेछन्, कहाँ कहाँ लिखित के गर्नुपर्छ, त्यसको प्रवन्ध राम्रोसँग गरेर राख्नुहोला ।’

 

ताजा खबर