एमसीसी संसदबाट अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

२०७८ फाल्गुण १५ आइतबार ११:२३:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित आजै संसदबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

बैठकले एमसीसीका बारेमा थप स्पष्ट हुन आवश्यक भएका कारण मन्त्रिपरिषद्बाट व्याख्यात्मक घोषणा पारित गर्ने र पारित गरिएको घोषणालाई संसदमा पेस गरी कम्प्याक्ट र व्याख्यात्मक घोषणा एकैसाथ पास गर्ने निर्णय भएको हो ।

एमसीसीकै कारण गठबन्धन खतरामा परेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बन्दै एमसीसी पारित गर्न सहमत भएका हुन् । यसअघि आज बिहान बसेको माओवादी केन्द्रको बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने औपचारिक निर्णय गरेको थियो ।

ताजा खबर