व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्ने माओवादीको निर्णय

२०७८ फाल्गुण १५ आइतबार १०:५५:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो । पार्टीले व्याख्यात्मक टिप्पणीसहित सम्झौता पारित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।

ताजा खबर