जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने

२०७८ फाल्गुण १५ आइतबार १०:२५:०० मा प्रकाशित

जर्मन चान्सलर ओलाफ सोल्सले आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गर्दै जर्मनीले अब युक्रेनलाई हतियार उपलब्ध गराउने बताएका छन् ।

चान्सलर सोल्सले युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै जर्मनीले एउटा एन्टीट्याङ्क अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने जानकारी दिए । जर्मनीले द्वन्द्व प्रभावित क्षेत्रमा आफ्नो देशमा निर्मित अस्त्र पठाउन लगाइएका कतिपय रोक पनि हटाएको छ जसको अर्थ तेस्रो देशहरूले पनि युक्रेनमा थप हतियारहरू पठाउन सक्छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई नेटो साझेदारहरूका मद्दतबाट सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता यसअघि जनाएका थिए । यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अस्ट्रेलियाले सैनिक सामग्री र स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने जनाएको छ।

ताजा खबर