संसद बैठक बस्दै, एमसीसीमाथि छलफल गर्ने कार्यसूची

२०७८ फाल्गुण १५ आइतबार ०८:१२:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो । गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । तर हालसम्म सहमति जुट्न भने सकेको छैन ।

ताजा खबर