कांग्रेस-एमाले छलफल निष्कर्षविहीन

२०७८ फाल्गुण १४ शनिबार १९:०१:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको बैठकमा एमालेले पुरानै अडान यथावत राखेपछि बैठक निष्कर्षविहीन भएको नेताहरुले बताएका छन् ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए । एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा कांग्रेस र एमालेबीच पटक पटक छलफल भइरहेको छ । तर दुई दलबीच कुनै ठोस निष्कर्ष भने निस्केको छैन ।

सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नमानेपछि कांग्रेसले एमालेको साथ खोजिरहेको छ । तर एमालेले आफ्नमा माग पूरा नभई संसदीय प्रक्रियमा सहभागी नहुने बताउँदै आएको छ ।

ताजा खबर