३५ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

२०७८ फाल्गुण १४ शनिबार १२:४०:०० मा प्रकाशित

युक्रेनको सेनाले रुसी सेनातर्फ ठूलो क्षति भएको बताएको छ । फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ ।

युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ । रुसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन । ब्ल्याक सीबाट युक्रेनलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार भइरहेको विवरण प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले आक्रमण गरेपछि सङ्कटमा फसेको युक्रेनप्रति ऐक्यबद्धता प्रकट गर्न विश्वका विभिन्न देशका राजधानीमा रहेका प्रसिद्ध स्थानहरूमा युक्रेनको राष्ट्रिय रङ्ग प्रतिबिम्बित हुनेगरी बत्ती बालिएको छ।

ताजा खबर