सकेसम्म गठबन्धन टुट्न दिँदैनौंः प्रचण्ड

२०७८ फाल्गुण १४ शनिबार १०:४१:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बचाउन आफूहरु छलफलमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भन्ने विकल्पमा छलफल भइरहेको बताएका हुन् ।

उनले आफूहरु विना परिमार्जन एमसीसी पास नगर्ने पक्षमा भने आफूहरु दृढ रहेको बताए । उनले संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि आफूहरु लागिपरेको बताए । उनले भने,‘प्रतिगमनकारी गठबन्धन नआओस् भनेर गठबन्धन टुट्न नदिन लागिरहेका छौं । कहीँन कहीँ गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भनेर छलफल भइरहेको छ । पक्कै कुनै निकास निस्कन्छ ।’

ताजा खबर