‘आकाशे खेती’को ट्रेलर सार्वजनिक

२०७८ फाल्गुण १४ शनिबार ०९:३५:०० मा प्रकाशित

काठमाडौं । उदय सुब्बा निर्देशित सिनेमा ‘आकाशे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गतेबाट सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक ट्रेलरमा सिनेमाका महत्वपुर्ण अंश समेटिएको छ । ‘आकाशे खेती’ एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । करिब तीन मिनेटको ट्रेलरमा सिनेमाका मुख्य कलाकार गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ लगायत देखिएका छन् ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषय कथा बनाएको सिनेमामा नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा र शिशिर वाङ्देलको अभिनय देख्न सकिन्छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको सिनेमाको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् ।

निर्माता तथा कलाकार विल्सन बिक्रम राईले निर्देशक सुब्बासँग मिलेर पटकथा तथा सम्बाद लेखेको सिनेमामा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।

ताजा खबर