युक्रेन आक्रमणविरुद्धको राष्ट्रसंघीय प्रस्तावमा रुसद्वारा भिटो प्रयोग

२०७८ फाल्गुण १४ शनिबार ०९:३२:०० मा प्रकाशित

युक्रेनमा भएको आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्को प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका छन् । तर, भारत, चीन र युएई विपक्षमा रहेका छन् ।

पश्चिमी देशहरुले शुक्रबार राति सुरक्षा परिषद्मा प्रस्ताव लगेका थिए । राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ। जसमा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन् ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले कूटनीतिको बाटो छोड्नु दुःखद् कुरा भएको उल्लेख गर्दै भारत प्रस्तावबाट अलग रहेको बताएका छन् ।

ताजा खबर