‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिता सुरु

२०७८ फाल्गुण १४ शनिबार ०९:०९:०० मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेका छन् । शनिबार बिहान सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रधानसेनापति शर्माले उद्घाटन गरेका हुन् ।

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिता बिहान ७ः१५ बजेदेखि पाँच मिनेट अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर दूरीको वाकाथन सुरु भएको हो ।

सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ । प्रतियोगिताअन्तर्गत ४२.१९५ किलोमिटर पुरुष म्याराथन, २१ किलोमिटर महिला–पुरुष हाफ म्याराथन, सैनिक अधिकृत र सैनिक सहचारी महिला–पुरुषको १० किलोमिटर दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किलोमिटर वाकाथन भएको छ ।

ताजा खबर