कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

२०७८ फाल्गुण १३ शुक्रबार २१:१२:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा एमालेले आफ्ना अडान यथावत राखेको छ ।

जसका कारण समझदारीले कुनै मूर्तरुप नलिएको नेताहरुले बताएका छन् । शुक्रबार रातिको छलफलका पनि कांग्रेसले एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको थियो । एमालेले यसअघिको अडान यथावत राखेको छ । एमालेले १४ सांसदमाथिको कारबाही वा सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ताको विषयलाई बैठकमा मुख्य प्राथमिकतामा राखेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग ठोस सहमति नभएको जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुरानै कुरा दोहोर्याउनुभएको छ ।’ यस्तै, एमाले नेता प्रदीप ज्ञवालीले पनि छलफलमा कुनै ठोस प्रगति नभएको बताए । दुई दलबीच शनिबार पुनः छलफल हुने ज्ञवालीले बताए।
 

ताजा खबर