प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु ओली निवासमा

२०७८ फाल्गुण १३ शुक्रबार १९:००:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् । बालकोट जानुअघि कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

माओवादी केन्द्रका नेताहरूसँगको छलफलपछि कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट गएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । संसदमा टेबल गरिएको एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच मतभेद भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल अघि बढाएका हुन् ।

यसअघि पनि एमालेसँग एमसीसीबारे एमालेसँग पटकपटक छलफल भएको थियो । एमालेले आफ्ना माग पूरा नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने जनाउँदै आएको छ । पार्टी कारबाहीमा परेका माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने या सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान एमालेको छ ।

 

ताजा खबर