पासपोर्ट बिनाका व्यक्ति विमानमा पुगेको घटनाबारे छानविन गर्न समिति गठन

२०७८ फाल्गुण १३ शुक्रबार १४:४९:०० मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानमा अनधिकृत व्यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न समिति गठन गरेको छ ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गरी अध्यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको हो । मन्त्रालयले विमानस्थलको सुरक्षा व्यवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुरक्षाका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको छ ।

यसअघि नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको थियो । दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा रौतहटका असरफ आलम चढेका थिए ।

 

ताजा खबर