विश्व बैंकसँग २ अर्ब १४ करोड सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

२०७८ फाल्गुण १३ शुक्रबार १३:२८:०० मा प्रकाशित

काठमाडौँ । सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारकातर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो ऋण नेपालले कोभिडविरुद्धको खोप खरिदमा उपयोग गर्नेछ ।

विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । अर्थ सचिव मरासिनीले यो सहयोगले नेपालीमा, विशेषगरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने बताए ।

त्यस्तै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने बताए ।

ताजा खबर