प्रतिनिधिसभाको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

२०७८ फाल्गुण १३ शुक्रबार १२:२९:०० मा प्रकाशित

काठमाडौं । सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको हो । कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेका थिए ।

गत आइतबार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो ।

आज दिउँसो १ बजेका लागि तय गरिएको संसद बैठक सरकारकै आग्रहमा स्थगित भएको छ । दलहरुबीच एमसीसीलाई लिएर तानातान बढिरहेका बेला संसद बैठक सरेको हो । अमेरिकाले आगामी सोमबारसम्ममा एमसीसीसम्बन्धी सम्झौता पास भइसक्नुपर्ने समयसीमा दिएको छ ।

 

ताजा खबर