रुसलाई युद्धविरामका लागि युक्रेनी राष्ट्रपतिको अपील

२०७८ फाल्गुण १३ शुक्रबार १२:११:०० मा प्रकाशित

रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै रुसले शुक्रबार बिहानैदेखि थुप्रै आक्रमणहरू गरेको पुष्टि गरेका छन् । जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताएका छन् ।

उनले यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले आफूसँग कुरा गर्नुपर्ने बताएका छन् । आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि उनले बताए ।

युक्रेनको पश्चिमोत्तर सहर सुमीको एउटा सडकमा रुसी र युक्रेनी सैनिकहरूबीच गोली हानाहान भइरहेको भनिएको एउटा भिडिओ युक्रेनको सेनाले सार्वजनिक गरेको छ ।

रुसी सीमादेखि ३० किलोमिटर टाढा पर्ने क्षेत्रीय राजधानी सुमीको जनसङ्ख्या दुई लाख ६० हजारभन्दा बढी छ । स्थानीय प्रशासकका अनुसार रुसी सेनाको एउटा ठूलो लस्कर सुमीको पश्चिमतिरबाट राजधानी किएभतर्फ बढिरहेको छ । त्यसको नजिकै अवस्थित कोनोटोप सहरलाई पनि रुसी फौजले घेरा हालेको छ।
 

ताजा खबर