एमसीसीका विषयमा छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

२०७८ फाल्गुण १३ शुक्रबार ०८:१२:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । बिहीबार एमसीसी सम्झौताबारे छलफलका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

एमसीसीका विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि बैठक स्थगित गरेर प्रधानमन्त्रीले विपक्षी नेकपा एमालेसँग छलफल गरेका थिए । तर छलफल सकारात्मक भएको बताएपछि निष्कर्ष भने ननिस्केको नेताहरुले बताएका छन् ।

 

ताजा खबर