सदन खुलाउन एमालेलाई माओवादीको आग्रह

२०७८ फाल्गुण १२ बिहीबार १९:१७:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र लामो समयपछि छलफलमा जुटेका हुन् । एमसीसीका कारण सत्ता गठबन्धनभित्र मतभेद भइरहेका बेला सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बिहीबार अपरान्ह संसद भवनमा भएको छलफलमा दुई दलका नेताबीच एमसीसी, संसदको गतिरोध र समसामयिक राजनीतिबारे छलफल भएको नेताहरुले बताएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिए । एमाले नेता सुवास नेम्वाङले एमसीसी, संसदको गतिरोधका विषयमा दुई दलबीच गम्भीर छलफल भएको जानकारी दिए ।

उनले भने,‘ दुवै दलसँग गम्भीर र विस्तृत रुपमा अध्यक्षद्वय एक्ला एक्लै र सबै बसेर छलफल भयो । माओवादीसँग सकारात्मक रुपमा छलफल भएके छ । यसलाई निरन्तर रुपमा अघि बढाउने कुरा भएको छ । विगत र अहिलेको स्थितिको सन्दर्भमा कुराकानी र छलफल गर्दै अघि बढ्ने भन्ने छ । तर अहिलेनै निष्कर्ष निस्केको छैन । यी सबै कुरा भए । विगतका समीक्षाका सन्दर्भका कुरा भए । सकारात्मक छलफल भएको छ लामो समयपछि पहिलो पटक।’

माओवादीसँगको छलफल अघि एमालेले नेपाली कांग्रेससँग छलफल गरेको थियो ।

ताजा खबर