एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु छलफलमा

२०७८ फाल्गुण १२ बिहीबार १७:४५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भइरहेको छ । कांग्रेस र एमालेका शीर्ष नेताहरुबो भेटपछि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।

संसद भवनमा दुई दलका नेताबीच छलफल भइरहेको हो । संसदमा देखिएको गतिरोध र एमसीसीका बारेमा उनीहरुबीच छलफल भएको बताइएको छ। कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि एक्लाएक्लै प्रचण्ड–ओली भेटेका हुन् ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल छन् । माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् । यसअघि कांग्रेस र एमालेबीचको बैठक साँझ ७ बजे पुनः बस्ने गरी टुंगिएको थियो ।
 

ताजा खबर