युक्रेनद्वारा रुससँगको कूटनीतिक सम्बन्ध विच्छेद

२०७८ फाल्गुण १२ बिहीबार १६:१०:०० मा प्रकाशित

युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस ब्रिफिङमा रुससँगको सम्बन्ध तोडिएको घोषणा गरेका हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराइने बताएका छन् । युक्रेनमा रुसले गरेको हमलाको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि विश्वले रुसलाई उत्तरदायी बनाउने बताएका छन् ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले रक्तपात र विध्वंसको बाटो रोजेको प्रतिक्रिया दिएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् ।

यसैबीच, युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले रुसी आक्रमणपछि देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ । यात्रुवाहक विमानको उडान सुरक्षा उच्च जोखिममा रहेका कारण किएभको समय अनुसार २ः४५ बजेदेखि सबै उडान रद्द गरिएको हो।

ताजा खबर