नेपाली सेनालाई भारतीय सेनाको एकलाख डोज खोप उपहार

२०७८ फाल्गुण १२ बिहीबार १५:५९:०० मा प्रकाशित

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । सैनिक मुख्यालयमा बिहीबार आयोजित कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन् । भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।

ताजा खबर