गठबन्धनमा कुरा नमिलेपछि एमालेलाई फकाउँदै प्रधानमन्त्री

२०७८ फाल्गुण १२ बिहीबार १४:५१:०० मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनभित्र एमसीसीमा मतभेद भएपछि सहमतिका लागि कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको छ । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग छलफल गरिरहेका छन् । संसद भवन नयाँबानेश्वरमा अहिले प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरिरहेका छन् ।

भेटमा कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुले साथ छाडेको अवस्थामा विपक्षी दलसँग मिलेर एमसीसीलाई निकास दिने गरी छलफल अघि बढाएको बताइएको छ । यसबारेमा कांग्रेस र एमालेका नेताहरुले पटक पटक बैठक गरिसकेका छन् । एमालेले आफ्ना माग पूरा नहुन्जेल संसदीय प्रक्रियामा सहभागी नहुने बताउँदै आएको छ ।

 

ताजा खबर