कुनै हालतमा एमसीसी स्वीकार्न सकिँदैनः खनाल

२०७८ फाल्गुण १२ बिहीबार १४:३०:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा एमसीसी स्वीकार्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक स्थगितपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले एमसीसीको विषयमा कुनै हालतमा मिल्न नसकिने बताएका हुन् ।

उनले अहिलेसम्म पाँचदलीय सत्ता गठबन्धन नभत्किएको भन्दै परिस्थितिअनुसार निर्णय लिने बताए । उनले भने, ‘गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य हो । एमसीसीको विषयमा कुनै हालतमा मिल्न सक्दैनौँ। हामी राष्ट्रियताको सवालमा दृढतापूर्वक लाग्छौँ। सडक आवश्यताअनुसार तात्छ, यति मात्रै होइन बल्छ।’ उनले केही शक्ति विदेशीका सामु झुकेका कारण एमसीसीमा कुरा नमिल्ने बताए ।

 

ताजा खबर