संसद बैठक बस्दै नबसी स्थगित

२०७८ फाल्गुण १२ बिहीबार १४:०१:०० मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो ।

तर सरकारको आग्रहमा बैठक स्थगित गरिएको छ । विपक्षी नेकपा एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि बोलाइएको छ ।

ताजा खबर