युक्रेनमाथि रुसी सैन्य कारबाहीको नेपालद्वारा विरोध

२०७८ फाल्गुण १२ बिहीबार १३:४७:०० मा प्रकाशित

काठमाडौँ । नेपालले युक्रेनमाथि रुसले सुरु गरेको सैन्य कारबाहीको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ ।’

विज्ञप्तिमा नेपाल सरकार संयुक्त राष्ट्र संघको महासन्धिविपरीत युक्रेनको दोनेत्स्क र लुहाँस्क क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको भन्दै विरोध गरिएको छ ।

ताजा खबर