एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप  जारी गर्छौंः झलनाथ खनाल

२०७८ फाल्गुण १२ बिहीबार १२:३०:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुबीच एमसीसीका विषयमा छलफल भएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकअघि एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच एमसीसीका विषयमा छलफल भएको हो ।

बिना संशोधन एमसीसी पास हुन नदिने धारणा बनाएको र पार्टीका सांसदहरुलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप  जारी गर्ने खनालले बताए । उनले एकीकृत समाजवादी शुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए ।

त्यस्तै बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए । उनले संसदमा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने बताए ।

सरकारले फागुन ८ गते एमसीसी छलफलका लागि संसदमा पेश गरिसकेको छ । तर एमसीसी संसदमा पेश गरेपनि सत्तारुढ दलहरु नै एमसीसीको विपक्षमा उभिएका छन् ।

ताजा खबर