पुटिनद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

२०७८ फाल्गुण १२ बिहीबार ०९:०६:०० मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् पछिल्लो घोषणा गरेका हुन् ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको बताएका थिए ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सैनिक र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन् । पुटिनको घोषणासँगै डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन् ।

ताजा खबर