संसद बैठक बस्दै, बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने

२०७८ फाल्गुण १२ बिहीबार ०८:३५:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

अर्थमन्त्रीले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुहुने कार्यसूची तय गरिएको छ ।

 

ताजा खबर