एमसीसीबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ठाकुरलाई

२०७८ फाल्गुण ११ बुधबार २०:२३:०० मा प्रकाशित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बसेको संसदीय दलको बैठकले (एमसीसी) सम्झौता सदनमा प्रवेश पाएपछि मुलुकमा उत्पन्न समयसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल गरेको हो । बैठकले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवं संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ ।

ताजा खबर