पल शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता

२०७८ फाल्गुण ११ बुधबार १७:४०:०० मा प्रकाशित

दमौली । बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा उनीविरुद्ध तनहुँमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

यसअघि कास्कीमा प्रयास गरिए पनि कार्यक्षेत्र नपर्ने भन्दै त्यहाँको प्रहरीले नमानेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको बताइएको छ । बालिकाको परिवारले तनहुँ आएर जाहेरी दिएको प्रहरीले जनाएको छ ।

 

ताजा खबर