कांग्रेसद्वारा आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन

२०७८ फाल्गुण ११ बुधबार १६:१६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ ।

एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।

ताजा खबर