बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

२०७८ फाल्गुण ११ बुधबार १५:०९:०० मा प्रकाशित

बुर्किनाफासोको एक सुन खानीमा भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा विस्फोट भएको थियो । त्यसमा परेर अरु खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका जनाइएको छ ।

विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् । सो खानी तत्कालै बन्द गर्न सरकारले आदेश दिएको छ । बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा विस्फोट भएको थियो ।

प्रहरीले खानी सञ्चालन गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको जनाइएको छ । खानी सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरुमाथि अनुसन्धान हुने बताइएको छ ।

ताजा खबर