अत्यावश्यक काममा बाहेक युक्रेन नबस्न सरकारको आग्रह

२०७८ फाल्गुण ११ बुधबार १३:५०:०० मा प्रकाशित

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुस र युक्रेनबीच तनाव बढेपछि अतिआवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गरी अतिआवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।

रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो । हाल युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा युक्रेनका ३८ नेपाली नागरिक सम्पर्कमा रहेका र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ ।

 

ताजा खबर