एमसीसी अनुमोदनका लागि एमालेसँग हात बढाउँदै कांग्रेस

२०७८ फाल्गुण ११ बुधबार ११:२१:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेसँगको संवादलाई तीव्र बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान भक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

यसअघि मंगलबार साँझ अध्यक्ष ओलीसहितका एमाले नेताहरुले प्रधानमन्त्री देउवासँग बालुवाटारमा वार्ता गरेका थिए । आजको भेटमा पनि गृहमन्त्रीले अध्यक्ष ओलीलाई एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्रीले पनि हिजो एमाले नेताहरुसँग सत्तारुढ दलबाट एमसीसी अनुमोदनका लागि असहयोग भएको भन्दै सघाउन आग्रह गरेका थिए । तर एमाले नेताहरुले पार्टीले उठाउँदै आएका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने जवाफ दिएका थिए ।

यही फागुन १६ गतेभित्र एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने समयसीमा तोकिएको छ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

ताजा खबर