एमसीसी अनुमोदनका लागि बाबुरामका दुई विकल्प

२०७८ फाल्गुण ११ बुधबार १०:१८:०० मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ समीकरण बनाएर भएपनि एमसीसी पास गर्नुपर्ने बताएका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद भइरहेका बेला सामाजिक संजालमार्फत भट्टराईले गठबन्धन दलले एमसीसीका पक्षमा भोट नहाल्ने भए नयाँ समीमरण बन्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री÷बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो!अर्को बाटो छैन !’

सत्तारुढ घटक माओवादी र नेकपा(एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा मतदान गर्ने बताएपछि प्रधानमन्त्री सहयोगका लागि एमालेसँग हात बढाइरहेका छन् । तर उसले आफ्ना माग पूरा नभई संसदीय प्रक्रियामा भाग नलिने बताउँदै आएको छ ।

 

MCCको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो।सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न।यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाॅ समीकरण बन्नुपर्यो!अर्को बाटो छैन!

— Baburam Bhattarai (@brb1954) February 22, 2022

 

ताजा खबर