भियतनामद्वारा २० देशका लागि हवाई उडान खुल्ला

२०७८ फाल्गुण १० मंगलबार २२:०६:०० मा प्रकाशित

भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा अहिले महामारी कम भएकाले सुचारु गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिकालगायतका रहेका छन् ।

भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि अडान खुल्ला नगरिएको जानकारी दिए ।

उनका अनुसार यसअघि उडान हुँदै आएका ब्रुनाई, भारत, इन्डोनेसिया, म्यानमार, फिनल्याण्ड, इटली र स्विजरल्याण्डमा भने अहिले पनि उडान पुनः सञ्चालन गरिएको छैन । भियतनाममा अहिले हप्ताभरीमा आवत जावत गरेर ३७० उडान हुने गरेको पनि निर्देशक इन्डोकले बताए ।

ताजा खबर